मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्लास्टिक पोखरीमा व्रतालुको स्नान

ekantipur.com · Mon Feb 14 01:07:40 GMT 2022

भक्तपुर — श्रीस्वस्थानी तथा माधव–नारायणका व्रतालुले चाँगुनारायण नगरपालिका–४ शंखदह (नागपोखरी) स्थित प्लास्टिकमा पानी जमाएर बनाएको कृत्रिम पोखरीमा स्नान गरेका छन् । सात वर्षयता माधव–नारायण व्रतालुले प्लास्टिक पोखरीमा स्नान गर्दै आएका हुन् । शंखदह पुनर्निर्माण तथा संरक्षण समिति संयोजक एवं नगर कार्यपालिका सदस्य दिनेश खनालका अनुसार यसअघि व्रतालुले गाग्रीमा पानी बोकेरै शंखदहमा स्नान गर्थे ।

साँखु शाली नदी र भक्तपुर हनुमानघाटबाट परदेश यात्राका क्रममा शंखदह आइपुगेका व्रतालुहरूले आइतबार कृत्रिम पोखरीमा स्नान तथा नित्यपूजा गरेका हुन् । समिति र वडाको सहकार्यमा माधव–नारायण मेलाका लागि प्लास्टिकको कृत्रिम पोखरी निर्माण गरिएको हो । मेला सञ्चालनका लागि प्लास्टिकमा १० हजार लिटर पानी जमाएको खनालले बताए । प्लास्टिकको कृत्रिम पोखरीमा श्री स्वस्थानी (माधव–नारायण) का १ सय ७५ व्रतालुले स्नान गरेका छन् । करिब तीन दशकअघिसम्म शंखदहमा पानी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)