मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिंहदरबार वैद्यखानाप्रति मन्त्रीको चासो

gorkhapatraonline.com · Sun Jun 14 00:44:52 GMT 2026

आयुर्वेदिक औषधी उत्पादन गरिरहेको सिंहदरबार वैद्यखाना सुधारका लागि सरकारले चासो दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वैद्यखानाको स्थलगत अनुगमन गर्दै उत्पादन, व्यवस्थापन र सेवा विस्तारका विषयमा विस्तृत जानकारी लिनुभयो । अनुगमनका क्रममा मन्त्री मेहताले वैद्यखानाको औषधी उत्पादन कक्ष, प्रयोगशाला, उपकरण कक्ष, भण्डारण कक्ष तथा अन्य प्राविधिक संरचनाको निरीक्षण गर्नुभएको थियो । अनुगमनमा उहाँसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटालगायतको उपस्थिति थियो ।

अनुगमनपछि मन्त्री मेहताले वैद्यखानाको संस्थागत क्षमता अभिवृद्धि, औषधी उत्पादनको परिमाण तथा गुणस्तर वृद्धि, बजार विस्तार र प्रवर्धनका लागि तत्काल आवश्यक पर्ने स्रोतसाधन, जनशक्ति तथा उपकरणमा मन्त्रालयको सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री मेहताले पछिल्लो समय सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधी उत्पादनमा प्रगति हासिल गरेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)