मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५ अफगान नागरिक निष्कासित, ६ हिरासतमै

ekantipur.com · Mon Nov 01 01:14:48 GMT 2021

काठमाडौँ — विद्रोही समूह तालिवानले सत्ताकब्जा गरेपछि भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको छ । निष्कासनसँगै उनीहरू श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान गरेका छन् ।

उनीहरू आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेका हुन् । उनीहरू एकै परिवारका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार विभागले ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)