मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साविक विजेता फ्रान्स सेमिफाइनलमा, इङ्ल्यान्ड बाहिरियो

annapurnapost.com · Sat Dec 10 20:56:00 GMT 2022

दोहा: क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। अल बायट रंगशालामा भएको खेलको १७औं मिनेटमा औरेलिन चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पेनाल्टी एरिया बाहिरबाट चोआमेनीले गरेका सशक्त प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १–० ले पछि परेका इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो। फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)