गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : अध्यक्ष ओली
ekagaj.com · Tue Nov 08 16:09:35 GMT 2022
गौरादह- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पुर्याउनुपर्ने बताए ।
झापाको दमकमा आज सहकारीकर्मीेसँगको अन्तक्रियामा अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)