ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद
arthadabali.com · Thu May 21 05:22:26 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ ।
रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् । वार्तापछि प्रधानमन्त्री नेतन्याहू निकै असन्तुष्ट भएको र उनी अत्यन्त आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)