डोल्पा बाढी : गम्भीर घाइते रेउलीलाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो
baahrakhari.com · Sun Jul 05 10:39:39 GMT 2026

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार बिहान आएको बाढीमा परी गम्भीर घाइते भएकी ४४ वर्षीया रेउली विकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
उनलाई गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)