महिला मन्त्रालय : योजना बनाउँदै, थन्क्याउँदै
ekantipur.com · Sat Apr 15 00:44:17 GMT 2023
काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयन गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदा बजेट त्यसै थन्किएको छ । महत्त्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसक्दा लैंगिक सशक्तीकरण र समानता लक्ष्यको प्रगतिमा समेत असर परेको छ ।
०७८/०७९ मा लैंगिक सशक्तीकरणको सूचकांक ०.६२ पुर्याउने लक्ष्य राखिएकामा प्रगति ०.५६ मात्रै छ । लैंगिक असमानता ०.४३ सूचकांकमा झार्ने लक्ष्य ०.५५ मा सीमित छ । लैंगिक विकासको सूचकांक ०.९५ र प्रजनन हकमा महिलाको निर्णय ७४ प्रतिशत पुर्याउने अपेक्षित लक्ष्य हासिल भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)