फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल
Ujyaaloonline.com · Sun Nov 20 18:15:09 GMT 2022
फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई ०–२ गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो ।
इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)