युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्ड फाइनलमा
baahrakhari.com · Wed Jul 07 21:45:00 GMT 2021
काठमाडौं । युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन । डेनमार्कले भने सन् १९९२ मा उपाधि उचालेकाे थियाे ।
इङ्ल्यान्डले सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कमाथि जित निकाल्दै इटालीसँगको उपाधि भिडन्त पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गरे । एक गोल इङ्ल्यान्डले आत्मघाती उपहार पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)