इप्पान अध्यक्षमा डाँगी
gorkhapatraonline.com · Sun Jun 14 00:59:41 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा र पाँच उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रवल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)