टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो
farakdhar.com · Sat Nov 04 16:34:46 GMT 2023
टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।
प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर, लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको संख्या बढ्दै गएसँगै इजरायल र उसका पश्चिमी समर्थक विशेषगरी अमेरिका दुवैविरुद्ध टर्कीको स्वर कडा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)