वरिष्ठ पत्रकारहरुको एउटै स्वर : निर्वाचन आयोगले प्रेस काउन्सिललाई आफ्नो अंगको रुपमा प्रयोग गर्न खोज्यो
farakdhar.com · Tue Nov 08 17:41:06 GMT 2022
सरोकारवालाहरुले प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा प्रेस काउन्सिलले आयोजना गरेको निर्वाचनसम्बन्धी मिडिया अनुगमनको छलफलमा बोल्दै वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहितका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् ।
उनीहरुले पत्रकारिता क्षेत्रमा लामो समय काम गरी नाम कमाएका पत्रकारहरुको सहयोग लिएर काउन्सिल र महासंघले पत्रकारिताको स्वतन्त्रताको आवाजलाई बलियो बनाउन आवश्यक रहेको बताए । पत्रकारिता क्षेत्रबाट नाम कमाएका पत्रकारहरुको अनुभवलाई सम्पत्तिको रुपमा जोगाउँदै आगामी दिनमा सम्बन्धित पक्षहरुले पत्रकारिताको स्वतन्त्रतामाथि भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्ने उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)