बेलौरीमा अतिक्रमित संरचना हटाइयो
nagariknews.nagariknetwork.com · Thu May 21 05:26:05 GMT 2026

कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ।
नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन्। नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)