मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एप्पलले ‘अहिले किन्नुहोस्, पैसा पछि तिर्नुहोस्’ सेवा ल्याउँदै !

baahrakhari.com · Wed Jun 08 00:45:00 GMT 2022

बीबीसी । आफ्नो आइओएस १६ का नयाँ अपरेटिंग सिस्टमको एक अंशका रुपमा एप्पल कम्पनीले ग्राहकहरुलाई ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ( बिएनपिएल )’ सेवा प्रदान गर्ने योजना बनाइरहेको छ । ‘एप्पल पे ल्याटर’ ले प्र्रयोगकर्ताहरुलाई अमेरिकामा छ साताभित्र चार चरणमा भुक्तानी गर्न सक्ने सेवा प्रदान गर्न लागेको हो । तर त्यसका लागि ग्राहकहरुले कुनै ब्याज वा शुल्क भने तिर्नु पर्ने छैन ।

यस आइफोनको नयाँ विशेषताहरु पनि छन् । आफुलाई प्रताडना दिने उद्देश्यले मेसेजहरु पठाइने गरेका कारण हैरान हुनेहरुलाई राहत दिने उद्देशयले नयाँ फिचरका रुपमा यसमा आइमेसेज एडिट सिस्टम राखिएको छ । कम्पनीको वार्षिक विकासकर्ता सम्मेलन डब्ल्यडब्लुडिसिमा यसका नयाँ सुविधाहरु अनावरण गरिएका हुन् । तर बिएनपिएल सेवाहरु हाल वेलायतमा अनियमित रहेका छन् । कम आय आर्जन गर्ने समुहहरुले यसको प्रयोग गर्ने तरिकाको आलोचना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)