मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड

lokaantar.com · Tue Jan 10 23:49:33 GMT 2023

मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्रदान गरिएको छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड पाएका हुन् । त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अवार्ड २०७८ मा सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड–२०२२ मा सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)