बैकिङ कसुरमा साढे दुई करोडभन्दा बढी जरिबाना तोकिएपछि फरार भएका व्यक्ति पक्राउ
baahrakhari.com · Thu Jul 15 17:21:00 GMT 2021
चितवन । चितवनमा बैकिङ कसुरमा साढे दुई करोड भन्दा बढी जरिबाना तोकिएका एक फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१६ स्थायी घर भएर काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपाल प्रसाद ढुङगेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनले २०७७ साल चैत्र २२ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड छपन्न लाख रुपैया जरिबानाा गरेकोमा उनी फरार रहेका थिए । उनी हाल चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा बिहीबार बिहान साढे ९ बजेतिर रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौनाबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)