नेपाल संवत्मा प्रधानमन्त्रीको सन्देश : 'सहकार्य र एकतासाथ अघि बढौं'
ekantipur.com · Tue Nov 14 02:07:41 GMT 2023
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर अपिल गरेका छन् । नेपाल संवत्को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
'२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ' प्रधानमन्त्रीको सन्देशमा छ,'यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)