विपद् व्यवस्थापनमा पूर्वतयारी आवश्यक : मुख्यमन्त्री पाण्डे
gorkhapatraonline.com · Thu May 21 05:45:46 GMT 2026

विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र समुदायस्तरको सचेतना अत्यन्त आवश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।
मनसुनको पूर्वसन्ध्यामा बिहीबार पोखराको फेवातालमा आयोजित विपद्सम्बन्धी सम्भावित घटनाको उद्धार तथा कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उहाँले गण्डकी प्रदेश प्राकृतिक रूपमा सुन्दर भए पनि भौगोलिक हिसाबले संवेदनशील रहेको उल्लेख गर्नुभयो । विविध भू–भाग, नदी, तालतलैया तथा कमजोर भौगोलिक संरचनाका कारण मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान र हावाहुरीजस्ता विपद्का जोखिम प्रत्येक वर्ष बढ्दै गएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सुरेन्द्र पाण्डे
मौसम