आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
nepalbahas.com · Thu May 21 05:39:46 GMT 2026

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
७ जेठ, नारायणगढ । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले अस्पताल विस्तार र भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताए। उनका अनुसार अस्पतालले भोगाधिकार गर्न पाउने करिब ३० बिघा जग्गामध्ये हाल ११ बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ । बाँकी जग्गा विभिन्न संस्था तथा कार्यालयले प्रयोग गरिरहेका छन् ।
डा सापकोटाका अनुसार कलेज अफ मेडिकल साइन्सले नौ बिघा जग्गा भाडामा लिएको छ भने स्कुल अफ हेल्थ साइन्सले छ बिघा प्रयोग गरिरहेको छ । त्यसैगरी आँखा अस्पतालले करिब चार बिघा, रक्तसञ्चार केन्द्रले दुई कठ्ठा, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा, जिल्ला स्वास्थ्य कार्यालयले १० कठ्ठा १० धुर तथा नहर एरिया टोल विकास संस्थाले १० धुर जग्गा प्रयोग गरिरहेका उनले जानकारी दिए ।
उनले भने, “उहाँहरूले प्रयोग गरिरहनुभएको जग्गाका विषयमा लिज ऐनअनुसार भरतपुर अस्पतालसँग सम्झौताका लागि पटकपटक पत्राचार गरेका छौँ । तर उहाँहरू आउनुभएको छैन । फेरि पनि लिज ऐनअनुसार सम्झौताका लागि आउन अनुरोध गर्दछौँ । कतिपय संस्थाको हकमा माथिल्लो निकायबाट निर्णय भएकाले त्यसतर्फ पहल गरिदिन सम्बन्धित निकायलाई पनि अनुरोध गर्दछौँ ।”
डा सापकोटाले भरतपुर अस्पताल तत्कालीन महेन्द्र आदर्श चिकित्सालयका रूपमा सानो भवनबाट सुरु भएको उल्लेख गर्दै हाल सङ्घीय अस्पतालमा विस्तार भई सञ्चालन भइरहेको बताए । करिब ६०० शय्याको अस्पतालमा दैनिक दुई हजारदेखि तीन हजार बिरामी उपचारका लागि आउने गरेका उनले जानकारी दिए ।
प्रवक्ता डा सापकोटाका अनुसार आगामी दिनमा अस्पताल शैक्षिक तथा प्रतिष्ठानका रूपमा विस्तार हुने योजना रहेकाले थप संरचना निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने देखिएको छ । हाल पनि स्टोर भवन, आवास गृह, प्रशासनिक भवन तथा प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जग्गा अभाव रहेको उनले बताए ।
अस्पताल
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
जेठ ५, २०८३ मंगलबार
अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?
जेठ ५, २०८३ मंगलबार
सरकारी अस्पतालको गोदाममा ५० करोडमाथिका उपकरण प्रयोगविहीन, कसैले गर्दैन खोजी ?
जेठ २, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा मंगलबार सर्वोच्चले निर्णय सुनाउने
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
आज प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय सुनाउन सक्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न वर्षमान पुनको माग
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रधानन्यायाधीश सिफारिसविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी, डा. मनोज शर्माको नियुक्ति अस्वीकृत गर्न माग
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
सर्वोच्चले माग्यो दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण, महान्यायाधिवक्ताबाट फाइल माग
जेठ ६, २०८३ बुधबार
२
प्रतिनिधिसभा बैठक : सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई तीनचोटि रुलिङ गरे, हर्कले छोड्नन् हठ
जेठ ६, २०८३ बुधबार
३
सशस्त्रको बढुवामा वरीयता मिचियो, १४ जनालाई कमाण्ड गर्न डीआईजीको दरबन्दी थपियो
जेठ ६, २०८३ बुधबार
छुटाउनुभयो कि?
मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
जेठ ७, २०८३ बिहिबार
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
जेठ ७, २०८३ बिहिबार
बेलौरी नगरपालिकाको चेतावनी, तोकिएको मितिमा अतिक्रमित संरचना नहटाइए बल प्रयोग गरिने
जेठ ७, २०८३ बिहिबार
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
जेठ ७, २०८३ बिहिबार
पूर्वन्यायाधीश प्रधानको निधनमा सर्वोच्च अदालतले दियो शोक बिदा, आज इजलासका सबै काम बन्द
जेठ ७, २०८३ बिहिबार
सार्वजनिक जग्गा अतिक्रमण : काठमाडौंको धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
जेठ ७, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
दुर्गा प्रसाईं