जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
nepalbahas.com · Thu May 21 05:42:31 GMT 2026

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
७ जेठ, मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम(कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।
राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम(कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम(कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ ।
कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम(कागबेनी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नति सुरु भएको जानकारी दिए ।
कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम(कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको उनले बताए । आयोजना प्रमुख शर्माका अनुसार जोमसोम(कागबेनी सडक स्तरोन्नतिका लागि कालिमाता(थापाकाजी(रसुवा जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।
चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भएको जोमसोम(कागबेनी सडक स्तरोन्नति जेठको पहिलो हप्तादेखि सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले जानकारी दिए । चार महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तरोन्नति भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने उनले उल्लेख गरे । कागबेनीबाटख सडक स्तरोन्नतिको काम सुरु गरिएको उनको भनाइ छ ।
जोमसोम(कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसिसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ ।
जोमसोमबाट माथि एक किलोमिटर दूरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याविन वाल लगाउने कार्य गरिने छ । जोमसोम-कागबेनी खण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसँगै आरसिसी ढलान गरिने छ । साथै सडकको ड्रेन र प्रोट्रेक्सन वाल नभएका स्थानमा ड्रेन निर्माण र मेसिनरी वाल लगाइने स्थलगत इञ्चार्ज थापाले जानकारी दिए।
सडक/यातायात
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
लाइसेन्स पास गराइदिने नाममा यातायात कार्यालय हेटौंडामा लाखौंको खेल
जेठ ६, २०८३ बुधबार
अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी
जेठ ६, २०८३ बुधबार
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
जेठ ६, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा मंगलबार सर्वोच्चले निर्णय सुनाउने
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
आज प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय सुनाउन सक्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न वर्षमान पुनको माग
नेपालबहस संवाददाता
जेठ ५, २०८३ मंगलबार
प्रधानन्यायाधीश सिफारिसविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी, डा. मनोज शर्माको नियुक्ति अस्वीकृत गर्न माग
नेपालबहस संवाददाता
जेठ ४, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
सर्वोच्चले माग्यो दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण, महान्यायाधिवक्ताबाट फाइल माग
जेठ ६, २०८३ बुधबार
२
प्रतिनिधिसभा बैठक : सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई तीनचोटि रुलिङ गरे, हर्कले छोड्नन् हठ
जेठ ६, २०८३ बुधबार
३
सशस्त्रको बढुवामा वरीयता मिचियो, १४ जनालाई कमाण्ड गर्न डीआईजीको दरबन्दी थपियो
जेठ ६, २०८३ बुधबार
छुटाउनुभयो कि?
मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
जेठ ७, २०८३ बिहिबार
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
जेठ ७, २०८३ बिहिबार
बेलौरी नगरपालिकाको चेतावनी, तोकिएको मितिमा अतिक्रमित संरचना नहटाइए बल प्रयोग गरिने
जेठ ७, २०८३ बिहिबार
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
जेठ ७, २०८३ बिहिबार
पूर्वन्यायाधीश प्रधानको निधनमा सर्वोच्च अदालतले दियो शोक बिदा, आज इजलासका सबै काम बन्द
जेठ ७, २०८३ बिहिबार
सार्वजनिक जग्गा अतिक्रमण : काठमाडौंको धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
जेठ ७, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)