कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
barnanmedia.com · Sun Jul 05 10:48:47 GMT 2026

कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ । यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो ।
छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ-आफ्नो धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)