मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लोकमान ल्याउन राष्ट्रपतिलाई खिलराजले दिएका थिए चर्को दबाब

ekantipur.com · Fri Dec 16 01:19:56 GMT 2022

काठमाडौँ — देशका प्रथम राष्ट्रपति रामवरण यादवलाई आफ्नो समग्र राजनीतिक जीवनप्रति गर्व छ तर राष्ट्रप्रमुखको हैसियतमा गरेको एउटा कामप्रति भने सधैं पछुतो छ । ‘न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको पनि प्रमुखका रूपमा शपथ दिलाएर गर्नै नहुने काम गर्न म बाध्य भएँ,’ कान्तिपुर टेलिभिजनको टफ टकमा भनेका थिए, ‘त्यो मेरो जिन्दगीकै कालो धब्बा थियो ।’

शक्ति पृथकीकरणको सिद्धान्त खलबल्याउने गरी तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई नै मन्त्रिपरिषद्को अध्यक्ष बनाउने सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेका थिए । न्यायाधीशमा गैरन्यायिक महत्त्वाकांक्षा बढाउने त्यस्तो कदम रोक्न नसकेकामा पूर्वराष्ट्रपति पछुतो मानिरहेका छन् । तर, त्यसबाट कुनै पाठ नसिकेर पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति बनाउने खेलमा प्रधानमन्त्री शेरबहादुर देउवा नै लागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)