३०० जना सवार विमान खसाल्न रुसी राष्ट्रपति पुटिनले क्षेप्यास्त्र दिएको दाबी
baahrakhari.com · Wed Feb 08 17:20:00 GMT 2023
मलेसिया । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले सन् २०१४ मा कल साइन एमएच१७ यात्रुवाहक विमान खसाल्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेप्यास्त्र उपलब्ध गराएको बलिया संकेतहरू देखिएको बताएका छन् । युक्रेनको आकाशमा सो विमानमाथि रुसमा निर्मित क्षेप्यास्त्र प्रहार हुँदा त्यसमा सवार सबै तीनसय जना मानिसले ज्यान गुमाएका थिए ।
अभियोजकहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई क्षेप्यास्त्र दिने निर्णय गरेको प्रमाण रहेको बताएका छन् । पुटिनले विमान खसाल्न आदेश दिएको भन्ने भनाइ भने छैन । रुसले सुरुदेखि नै विमान खसाउने काममा आफ्नो कुनै पनि संलग्नता नरहेको अडान लिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)