सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी
nayapatrikadaily.com · Mon Oct 24 00:28:00 GMT 2022
नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको समस्याका कारण सशस्त्रले सेनासँग चारवटा हतियार र एमपिभी सापट लिएको हो ।
नेपाली सेनाको धेरैवटा शान्ति मिसन भएकाले उससँग जगेडामा एपिसी र एमपिभी रहन्छन् । खरिद गर्दा समय लाग्ने भएकाले सेनासँग सशस्त्र प्रहरीले सापट लिएको हो । सेनासँग सहकार्य गरेर सशस्त्र प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन माली खटिन लागेको हो । राष्ट्र संघको टोली गत साता काठमाडौं आई तैनाथीपूर्वको अन्तिम निरीक्षण गरेर फर्किसकेको छ । निरीक्षणको अन्तिम रिपोर्ट नआए पनि उनीहरूले सकारात्मक जवाफ दिएकाले आगामी डिसेम्बरदेखि सशस्त्र प्रहरी मालीमा खटिने निश्चित भएको सशस्त्र प्रहरी उच्च स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)