मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एमबीबीएस प्रवेश परीक्षामा ‘३ हजारको नतिजा परिवर्तन’ 

ekantipur.com · Sun Sep 01 23:25:49 UTC 2024

काठमाडौँ — एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको छ । त्रुटि सुधार गर्दा हाल ‘मेरिट’ सूचीमा परेका धेरै विद्यार्थीको योग्यताक्रम फरक पर्नेछ । करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन हुन सक्ने अनुमान छ ।

आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको जनस्वास्थ्यको नतिजामा त्रुटि हुन पुगेको हो । एमबीबीएसको नतिजामा परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)