युक्रेन युद्धको नाममा मनपरी
rajdhanidaily.com · Wed Mar 09 23:11:58 GMT 2022
हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । सर्वसाधारणको यस्तो आक्रोसले सरकार र सरकारमा रहने राजनीतिक दललाई आगामी निर्वाचनमा जनताको घरदैलोमा गएर भोट माग्न समेत निकै कठिन हुन सक्छ ।
सरकारले विभिन्न बहानामा मूल्यवृद्धि गरिरहेको छ । सरकारको यो बहाना सर्वसाधरण जनता मान्न तयार देखिँदैनन् । रुसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको हवाला दिने गरिएको छ । यो सरासर गलत हो । यति मात्र होइन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पनि पहल गरिएको छैन । तर, बजारमा भने व्यापारी तथा बिचौलियाले मनपरी गरिरहेका छन् । यही मनपरि मूल्य निर्धारणले अहिले आमउपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । उपभोक्ताले प्रश्न गरिरहेका छन्, व्यापारीले अर्को महादेशमा चलिरहेको युद्धलाई बहाना बनाएर नेपालमा पेट्रोलियम पदार्थ, सुन, नुन र खाने तेललगायतका उपभोग्य वस्तुमा किन मनलाग्दी गरिरहेका छन् । उपभोक्ताको ढाड सेक्ने काम किन गरिरहेका छन् ? तर, बिचौलियाका अनुसार विदेशबाट आयात हुने सामानको मूल्य बढेकै कारण नेपाली उपभोक्ताको बजारमा पनि यसले असर पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)