मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैशाख दोस्रो साता भारतबाट  १० लाख डोज खोप आउँदै

nayapatrikadaily.com · Fri Apr 16 00:25:00 GMT 2021

सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा. एस. जयशंकरबीच २७ चैतमा भएको टेलिफोन वार्तापछि नेपालले छिट्टै खोप पाउने सम्भावना बढेको छ । आन्तरिक खपतका कारण खोप निर्यातमा अल्पकालीन रोक लगाएकाले नेपालमा बाँकी खोप आउन ढिलाइ भएको भारतले जवाफ दिएको छ ।

दुई मन्त्रीको टेलिफोन वार्तापछि खोप छिटो आपूर्तिका लागि अनुकूल अवस्था बनेको दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘भारतबाट खोप खरिदका लागि अग्रिम भुक्तानी दिएका र प्रतीक्षा गरिरहेका हामी मात्रै होइन, बेलायत, साउदी अरब, बहराइनलगायतका देश छन् । भारत सरकारले चाँडै नै निर्यात खुला गर्ने र त्यसक्रममा सबैभन्दा पहिला नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउँछौँ भन्ने वचन पाएका छौँ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘दुईजना मन्त्रीज्यूहरूबीच कुराकानी भएपछि अनुकूल अवस्था बनेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख १५ भित्र खोप नेपाल आइपुग्ने आश्वासन नेपालले पाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)