मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

annapurnapost.com · Wed Jun 04 18:08:36 GMT 2025

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो।

डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)