मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिक छाडेर प्रत्यक्ष भिड्दै ‘डीना’

ekantipur.com · Tue Oct 25 00:37:08 GMT 2022

हेटौंडा — ‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । मैले जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हुँ’,नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएसँगै यस्तो प्रतिक्रिया दिएकी थिइन् ।

उनी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चारजना महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)