मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर बाटो खुल्यो
setopati.com · Thu Dec 22 16:50:59 GMT 2022
मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।
बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो। मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगाको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० कित्ता शेयर बराबर मेगाका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः९०) मा मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)