नागरिक एपमा थपियो जन्म-विवाह दर्ता र डिभोर्स प्रमाणपत्रसँगै भिजिट भिसाको स्वघोषणा फाराम भर्ने सुविधा
techpana.com · Thu May 21 05:58:46 GMT 2026

काठमाडौँ । नागरिक एपमा जन्म दर्ता, विवाह दर्ता र सम्बन्ध विच्छेद प्रमाणपत्र लिङ्क गर्न सकिने सुविधा थपिएको छ । एपको पछिल्लो भर्सन (२.०.१००) को अपडेटसँगै यी सुविधाहरू उपलब्ध गराइएको हो ।
व्यक्तिगत घटना दर्ता सम्बन्धी यी प्रमाणपत्र लिङ्क गर्ने फिचरलाई यसअघिको नियमित डकुमेन्ट्सभन्दा अलग्गै राखिएको छ । नागरिक एपको होम पेजमा यसका लागि भाइटल इभेन्ट सर्टिफिकेट्स (Vital Event Certificates) खण्ड नै थप गरिएको छ । जसमा गएर जन्म दर्ताका लागि दर्ता नम्बर र जन्ममिति, विवाह दर्ताका लागि दर्ता नम्बर र प्रमाणपत्र नम्बर अनि डिभोर्स सर्टिफिकेटका लागि दर्ता नम्बर र डिभोर्स भएको मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)