मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करैया सामुदायिक वनबाट बन्दुकसहित दुई जना पक्राउ

annapurnapost.com · Tue Dec 19 01:00:21 GMT 2023

बुटवल : रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेशनगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दिपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

उनीहरुको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोलि, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हसिँया थान, चक्कु, दाउसहित फेला पारेपछि हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको थापाले जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)