मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

ratopati.com · Sun Jun 14 01:37:23 GMT 2026

झापा । झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)