मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

nepalsamaya.com · Sun Jun 14 01:37:22 GMT 2026

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको छ।

शनिबार न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल हारबाट जोगिन भिनिसियस जुनियरको शानदार गोलमा निर्भर रह्यो।

मोरक्कोले इस्माइल साइबरीको गोलमा खलेको २१ औँ मिनेटमा अग्रता लिएको थियो।

खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्।

यो खेलबाट दुवै टोलीले एक/एक अंक जोडेका छन्।

२०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)

सम्बन्धित विषय