थोरोङ ला पार गर्दै सकियो ‘याक अट्याक २०२६’
annapurnapost.com · Fri Jun 05 05:38:06 GMT 2026
काठमाडौं : विश्वकै सबैभन्दा उचाइमा हुने र चुनौतीपूर्ण माउन्टेन बाइक रेसमध्येको एक ‘याक अट्याक’ को १८औं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। उक्त रेस नेपालको मनमोहक हिमाली दृश्यहरूका बीच सम्पन्न भएको हो।
११ दिनको अवधिमा ६ वटा चरणमा सञ्चालित यस रेसमा कुल दूरी करिब २४० देखि २६० किलोमिटर रहेको थियो। यसमा खेलाडीहरूले प्रतिदिन औसत ४० देखि ४५ किलोमिटर दूरी पार गरेका थिए। यो रेस लमजुङको बेंसीसहरबाट सुरु भई चामे, मनाङ, फेदी, थोरोङ ला पास (५,४१६ मि.) हुँदै मुक्तिनाथ पुगेर टुंगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)