आत्मनिर्भर घोषणाको १० महिनामै दुग्धपदार्थ अभाव
ekantipur.com · Wed Jan 26 00:49:45 GMT 2022
काठमाडौँ — २०७७ चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छीमन्त्री पद्मा अर्यालले दुग्ध पदार्थ (धूलो दूध र बटर) मा मुलुक आत्मनिर्भर भएको घोषणा गरिन् । उनीहरूले सार्वजनिक कार्यक्रममा आत्मनिर्भर भएको घोषणा गर्दै एक क्षेत्रमा एक कदम अगाडि बढाउन आफूहरू सफल भएको दाबीसमेत गरेका थिए ।
‘दूध, घ्यू बढी छ, बढी भएको उत्पादन महीतर्फ आकर्षित गरौं, औषधीय गुण भएकाले निर्यात नभए स्वदेशी चकलेट बनाएर बिक्री गरौं,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । कार्यक्रममा अर्यालले पनि पहिलो पटक मुलुक केही क्षेत्रमा आत्मनिर्भर भएको दाबी गर्दै भनेकी थिइन्, ‘उत्पादन वृद्धिको अनुपात हेर्दा केपी ओलीको सरकार आएपछि हामीले एकाएक फड्को मारेका छौं । दूधमा पनि छिट्टै आत्मनिर्भर हुँदै छौं ।’ तर आत्मनिर्भर दाबी गरिएको १० महिना नपुग्दै बजारमा पर्याप्त दुग्ध पदार्थ छैन । सिजनमै दूध उपलब्धतामा कमी आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)