मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अधिक भारसहित गुडाइन्छन् टिप्पर

gorkhapatraonline.com · Thu Apr 20 06:20:02 GMT 2023

काठमाडौँ, वैशाख ७ गते । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।

काठमाडौँ उपत्यकामा मात्रै दुई सयको हाराहारीमा टिप्परले डाला थपेर स्वरूप परिर्वतन गर्दै निर्माण सामग्री बोक्ने गरेको अनुमान गरिएको छ । तीमध्ये आधाभन्दा धेरै भक्तपुरमा छन् । त्यसरी डाला थपेर स्वरूप परिवर्तन गर्नु गैरकानुनी कार्य हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)