मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्योलमा १२औं जनगणना

rajdhanidaily.com · Wed Aug 25 23:34:43 GMT 2021

मुलुकमा सर्वप्रथम १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना सुरुवात भएको थियो । यसरी नै प्रत्येक १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यही कुरालाई मध्यनजर गरी २०७८ सालमा १२औं जनगणना यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकैपटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, विश्वव्यापी कोरोनाको संक्रमणको दोस्रो लहर बढेसँगै गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । फलतः राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउनदेखि असोजभित्रसम्म सम्पन्न गर्ने प्रस्ताव गरेको हो । मूलतः जनगणना भनेको जनसंख्याको लगत वा तथ्यांक लिने कार्य हो । कुनै ठाउँ वा देशमा भएका सबै केटाकेटी, युवक युवती तथा बूढाबूढीको कुल संख्या जनसंख्या बुझाउँछ । देशभरको क्षेत्र प्रदेश, जिल्ला सहर, गाउँहरूको आधारमा जनगणना गरिन्छ । कुनै पनि देशको विकास त्यस देशको जनसंख्याको थपघटबाट प्रभावित भएको हुन्छ ।

सो राष्ट्रिय जनगणना लागि विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने १२औं जनगणना गर्न प्रत्यक्ष रूपमा जनतासमक्ष पुग्न ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ । राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारी तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक प्रशिक्षण, स्थानीय जनगणना अधिकारी तालिम सम्पन्न भइसकेको छ । यस जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरेको र जनगणनाका लागि १ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन रकम सरकारले गरेको छ । यद्यपि, यस राष्ट्रिय जनगणना कार्यक्रमको करिब ८५ प्रतिशत काम सम्पन्न गरिसकेको सम्बन्धित क्षेत्रले जनाएको छ । सो तथ्यांक विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । यसरी १० वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वका रूपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ । यसको साथसाथै देशमा भएको जनगणनाले अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य भनी मान्यता पाएको पनि २०११ सालदेखि नै थियो । यसपटकको जनगणनामा भने १३ वटा विषयगत प्रतिवेदन तयार पारिएको विभागले जनाएको छ । यसमा ज्येष्ठ नागरिक, बालबालिका तथा युवा, शिक्षा, श्रमशक्ति तथा आर्थिक क्रियाकलाप, बसाइँसराइ र सहरीकरण, मातृमृत्यु, जन्म तथा मृत्यु, विवाह र प्रजनन, अपांगता, जातजाति, भाषा, धर्म र जनसंख्या प्रक्षेपणको छुट्टाछुट्टै प्रतिवेदन तयार पारिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)