एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय
nepaltvonline.com · Mon May 31 16:57:52 GMT 2021
काठमाडौं– सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । ‘कोभिड १९ को कारणले पाठ्यक्रम तथा विशिष्टिकृत तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधि अपनाएको हो,’ उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)