महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी
ekantipur.com · Thu Nov 24 17:49:14 GMT 2022
महोत्तरी — महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको क्षेत्र नं २ को निर्वाचन कार्यालयले जनाएको छ ।
गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका नागेश्वर यादवलाई २ हजार ३ सय ६६ मतान्तरले पछि पार्दै उनी विजयी भएकी हुन् । यादवले भने ६ हजार २ सय २ मत पाएका छन् । साह २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट भारी मतले प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)