एमाले विभाजन क्षम्य हुँदैन : ओली
onlinekhabar.com · Mon Aug 16 17:32:41 GMT 2021
३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन । ’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)