श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा
kendrabindu.com · Fri Nov 03 00:45:12 GMT 2023
घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो।
जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो। विश्वकपमा श्रीलंकाको यो सबैभन्दा कम योगफल हो। श्रीलंका यसअघि विश्वकपमा सन् १९७५ मा वेस्टइन्डिजविरुद्ध ८६ रनमा अल आउट भएको थियो। विश्वकपमा सबैभन्दा कम रनमा २००३ मा श्रीलंकासँग क्यानडा ३६ रनमा अल अउट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)