हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन
pahilopost.com · Sun Nov 20 05:00:34 GMT 2022
काठमाडौं : नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन सकेको छैन। अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)