संसद्मा ‘दोहोरो मापदण्ड’ नबनाउन कांग्रेसको सभामुखलाई आग्रह, स्कार्फ बाँधेर बेल घेरेको सम्झन अनुरोध
himalpress.com · Thu May 21 06:23:30 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनको स्मरण गराउँदै अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हिजोको ‘निलो स्कार्फ’ र आजको प्लेकार्ड आन्दोलनलाई एकै प्रकारले लिनुपर्ने बताए ।
सदनमा अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले देखाइरहेको प्लेकार्डलाई सभामुख अर्यालले ‘अमर्यादित’ भनेको प्रति असहमति जनाउँदै राईले भने, ‘आज सत्तामा हुनेहरू हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर बेल घेर्ने, बेलमै पलेटी कसेर बस्ने र पुस्तक पढ्ने गर्नुहुन्थ्यो। आफैँले गर्दा मर्यादित हुने, अरूले जबाफदेहिता खोज्दा अमर्यादित कसरी हुन्छ?’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)