एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन
annapurnapost.com · Mon Apr 19 05:55:00 GMT 2021
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ। अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ।
ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन्। मोहनलाल ढकालको मुद्दामा २०७७ चैत १८ गते विशेष अदालत काठमाडौंमा गरेको बकपत्रको सवाल–जवाफको १४ र १५ नम्बरमा त्यो उल्लेख छ। मुद्दा नम्बर ००४१ मा उनले १३ वटामध्ये ७ वटाको नाम खुलाएका छन्। बाँकी ६ वटाको भने खुलाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)