मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोटमा यमनसँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड

farakdhar.com · Tue Nov 21 01:17:29 GMT 2023

फिफा विश्वकप फुटबलअन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले दोस्रो खेलमा आज यमनको सामना गर्दैछ । समूह ‘एच’ अन्तर्गत हुने नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

नेपाल र यमनले पहिलो खेलमा हार बेहोरेका थिए । अघिल्लो साता नेपाल यूएईसँग ४–० तथा यमन बहराइनसँग २–० ले पराजित भयो । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अर्को चरण प्रवेशका लागि यमनविरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । सोमबार खेलअघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले त्यसका लागि आफूहरू तयार रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)