मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलु, गोलभेँडा, काउली, बन्दा, बोडी, कागती, काक्रोदेखि आँपसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ?

arthadabali.com · Sun Jun 14 02:00:24 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज आइतबार केही तरकारी र फलफूलको भाउ बढेको छ । मूल्यसूचीअनुसार आज ठुलो नेपाली गोलेभेँडाको भाउ बढेर प्रतिकेजी ६३ रुपैयाँ ७५ पैसा पुगेको छ भने लोकल सानो गोलभेँडा १७ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ ४० पैसा, लाम्चो रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ३४ रुपैयाँ, लोकल बन्दा ५६ रुपैयाँ २५ पैसा, स्थानीय काउली ५२ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला १८ रुपैयाँ २५ पैसा, तने बोडी २६ रुपैयाँ २५ पैसा र मकै बोडी ३६ रुपैयाँ २५ पैसा तोकिएको छ ।

यसैगरी, मटरकोशा प्रतिकेजी १३० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला ४० रुपैयाँ? लोकल परवर ४३ रुपैयाँ ७५ पैसा, तराई परवर ४५ रुपैयाँ, घिरौला ५० रुपैयाँ, भिण्डी २६ रुपैयाँ २५ पैसा, पिंडालू ९० रुपैयाँ, रायोको साग ३६ रुपैयाँ २५ पैसा, हरियो प्याज ९० रुपैयाँ, डल्ले च्याउ ३४५ रुपैयाँ, ब्रोकाउली ९२ रुपैयाँ ५० पैसा, चुकुन्दर ५६ रुपैयाँ २५ पैसा, रातो बन्दा ३६ रुपैयाँ २५ पैसा, गान्टे मूला ७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८० रुपैयाँ, दसहरी आँप १०० रुपैयाँ, लोकल काक्रो ७२ रुपैयाँ ५० पैसा, चाइनिज नासपाती २४० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ४६ रुपैयाँ २५ पैसा, माछे खुर्सानी ५८ रुपैयाँ ७५ पैसा, अकबरे खुर्सान ि२८२ रुपैयाँ ५० पैसा र सुकेको नेपाली लसुन १७२ रुपैयाँ ५० पैसा पर्ने मूल्यसूचीमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)