विश्वप्रकाशको सात बुँदे प्रस्ताव सार्वजनिक, १६ दिनसम्म इतर पक्ष मौन
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको सात बुँदे सहमतिको प्रस्ताव आज सार्वजनिक भएको छ। जेठ १६ गते आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म पनि इतर पक्षबाट कुनै लिखित वा मौखिक जवाफ नआएपछि यसलाई सार्वजनिक गरिएको हो।
‘सबैसँगै बढौँ यसरी’ शीर्षकमा तयार गरिएको यस प्रस्तावमा विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका सबै मतभेद र तिक्तता बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन विशेष आग्रह गरिएको छ। उपसभापति शर्माको यो प्रस्ताव विशेष महाधिवेशनपछि कांग्रेसभित्र चुलिएको असन्तुष्टि अन्त्य गर्दै संवाद, सहकार्य र एकताको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको थियो, तर इतर पक्षले कुनै प्रतिक्रिया नदिएपछि यो योजना अहिले अन्योलमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)