विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
canadanepal.com · Sun Jun 14 01:59:48 GMT 2026

त्रिवेणी (नवलपरासी) । पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली-२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु चार लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको उनले बताए। पहाडी क्षेत्रमा आम्दानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)